महिला दिवसमा निःशूल्क पाठेघरको जाँच

चितवन । १०८ औ अन्र्तराष्टिय नारी दिवसको अवसरमा एभेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नारायणी सामाजिक बिकास समितिको संयुक्त आयोजनामा बिहिबार संस्थामा आबद्ध महिलाको निशुल्क पाठेघर जाँच गरिएको छ ।

महिलाहरुको जनसचेतना लागि कार्यक्रम गरिएको र त्यसबाट ८० भन्दा बढि महिलाहरु लाभान्वित भएको एभेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो । स्त्री तथा प्रसुती बिशेषज्ञ डाक्टर विनुमा श्रेष्ठ्र र डाक्टर निर्मला लक्ष्मी श्रेष्ठले चेकजाच गर्नुभएको थियो ।

बिशेष गरि महिलाले आफ्नो पाठेघरको स्वास्थ्य प्रति सचेत बन्नुपर्नेमा स्त्री तथा प्रसुती बिशेषज्ञ डाक्टर विनुमा श्रेष्ठले जोड दिनुभएको छ । बच्चा अप्रेसन धेरै गर्नाले पाठेघरमा सक्रमण हुने बताउनुभयो सरसफाईमा ध्यान दिने र समय समयमा पाठेघरको चेकजाच गर्नुपर्नेमा जोड दिनुभयो । चितवन जिल्ला बचत संघ लिमिटेडका सचिब बिद्या कोइृरालाको रहेको थियो ।

उहाँले संस्थामा आबद्ध महिलाको स्वास्थ्य प्रति सचेत रहि कार्यक्रम आयोजना हुनु राम्रो रहेको बताउनुभयो । संस्थामा एकहजार भन्दा बढि महिला आबद्ध रहेका छन । संस्थामा रहेका महिलालाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउन कार्यक्रम गरिएको शिक्षा उपसमितिका सदस्य तथा कार्यक्रम संयोजक अनुशाा चुकेले बताउनुभयो । कार्यक्रम अध्यक्ष अंग्मु श्रेष्ठको सभापतित्वमा भएको हो ।

Loading...