अन्तर्राष्ट्रिय नारी दिवसमा बालगृहमा आश्रित बालबालिको आँखा परीक्षण

चितवन । लायन्स क्लव अफ नाराणगढ नारायणी र लायन्स क्लव अफ बालकुमारीले संयुक्त रुपमा आज१०८ औं नारी दिवस मनाएका छन् । भरतपुरमा रहेको आर्दश बालगृहमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा ६० जनाको निःशुल्क आँखा परीक्षण गरि नारी दिवस मनाईएको हो ।

भरतपुर–४ आर्दश टोलमा रहेको बालगृहमा आश्रित ३४ जनासहित ६० जनाको आँखा परीक्षण गरिएको बाल गृहकी प्रमुख मिना खरेलले जानकारी दिनुभयो । लायन्स क्लव अफ नाराणगढ नारायणी र लायन्स क्लव अफ बालकुमारीले संयुक्त रुपमा नारी दिवसको उपल्क्षमा बलगृहलाई नगद रु।२० हजार ५ सय समेत प्रदान गरेका छन् ।

कार्यक्रमा लायन्स क्लव अफ नाराणगढ नारायणीकी अध्यक्ष रजनी मास्के, लायन्स क्लव अफ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेयलगायत लायन्स क्लवमा आवद्ध व्यक्तिहरुको उपस्थितीरहेको थियो । २०६६ सालमा स्थापना भएको आर्दश बाल गृहमा २१ जना बालबालिका र १३ जना महिलाहरु आश्रित छन् ।

Loading...