मुख्य मन्त्री गुरुङलार्इ विश्वासको मत प्राप्त

कास्की । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलार्इ प्रदेशसभाको विश्वासको मत प्राप्त भएको छ ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गरेको प्रस्तावमा ४१ सांसदले पक्षमा मतदान गरे । प्रस्तावको विपक्षमा१७ जनाले विपक्षमा मतदान गरे ।

६० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्ने थियो ।

प्रस्तावको पक्षमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको २७ र माओवादीको १२ सदस्य रहेकोमा राष्ट्रिय जनमोर्चाका तीन जनाले पनि पक्षमा मतदान गरेका थिए ।

विश्वासको मतको विपक्षमा नेपाली काँग्रेसको १५ र नयाँ शक्तिका दुई जनाले मतदान गरे ।

मतदानमा सभामुख नेत्रनाथ अधिकारी सहभागी भएनन् भने मनाङका स्वतन्त्र तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले हालसम्म शपथ लिएका छैनन् ।

अर्को बैठक फागुन २७ गते दिनको ११.०० बजे बस्नेछ ।

Loading...