महिला क्रिकेटको उपाधि मिलन क्रिकेट एकेडेमिलाई

चितवन । टि–ट्वान्टी महिला क्रिकेट लिगको उपाधी मिलन क्रिकेट एकेडेमीलाई चितवन ,फागुन २६ चितवनको रत्ननगरमा सम्पन्न टि ट्वान्टी महिला क्रिकेट लिगको उपाधी मिलन क्रिकेट एकेडेमीले जितेको छ ।

शनिवार भएको फाईनल खेलमा शशस्त्र प्रहरी वल (एपिएफ) लाई २३ रनले पराजीत गर्दै झापाको मिलन क्रिकेट एकेडेमीले उपाधी आफ्नो पक्षमा पारेको हो । उपाधी जितेको मिलन क्रिकेट एकेडेमीले ट्रफीसहित नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्यो भने उपविजेता एपिएफले ट्रफीमा मात्रै चित्त वुझाउनु पर्यो ।

रत्ननगरको नेपाल माध्यमिक विद्यालयको मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको मिलन एकेडेमीले निर्धारीत २० ओभरको खेलमा मात्र ३ विकेटको क्षतीमा १ सय ३२ रन वनाएको थियो । कप्तान रुविना क्षेत्रीले ५४ वल खेल्दै ४ छक्का र ६ चौकाको मद्यतमा ६७ रन वनाएर नट आउट रहिन् ।

जवाफी व्याटिङमा उत्रिएको एपिएफले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ९ रन मात्र जोड्न सक्यो । मिलन एकेडेमीका लागि संगीता राई र शान्ति चौधरीले समान २,२ विकेट लिए । लिगमा मिलन एकेडेमीकी कप्तान रुविना क्षेत्री वुमन्स अफ दि सिरिजबाट पुरस्कृत भईन् ।

क्षेत्री नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत हुन् । त्यस्तै एपिएफकी कप्तान सीता राना मगर उत्कृष्ट व्याट्सवुमन्स, उत्कृष्ठ वलरमा मिलनकी शान्ती चौधरी, उत्कृष्ट फिल्डरमा मिलनकै अप्सरी वेगम र उत्कृष्ठ किपरमा मिलन ऐकेडेमीकै काजल श्रेष्ठ भएकी थिइनन् । राईजिङ क्रिकेट फर वुमन्स क्लवको आयोजनामा बुधबारदेखी भएको क्रिकेट लिगमा नेपाल र भारतको ४ वटा टिम सहभागी भएका थिए ।

Loading...