सभामुख महराले लिए पद तथा गोपनियताको सपथ

काठमाडौँ: सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।

नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा दौरा-सुरवाल लगाएर सपथ लिएका हुन्।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिहरु, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए।

Loading...