सहकारीमा आवद्धलाई समय व्यवस्थापन तालिम

चितवन । एभेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले सोमबार संस्थासंग आबद्ध व्यक्तिहरुलाई समय व्यवस्थापन तालिम प्रदान गरेको छ । समय व्यवस्थापनले सफल संगै थोरै समयमा धेरै काम गर्न सकिने हुनाले तथा समयको महत्व बारे जानकारी गराउने उद्धेश्यले तालिम कार्यक्रम राखीएको एभेष्ट साकोसका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिनुभएको छ ।

समय व्यवस्थापन गरि कार्य गर्न अहिलेको आवश्यकता रहेको तालिम प्रशिक्षक मनसा थैब श्रेष्ठले बताउनुभयो । उहा नारायणगढ जेसिजको पुर्ब अध्यक्ष समेत हुनुहुन्छ । समय व्यवस्थापनले प्राथमिकताका आधारमा कार्य गर्न सिकाउने हुनाले व्यक्ति सफ हुने उहाको भनाई रहेको छ ।

Loading...