दृष्टिविहीन वालबालिकाको लागि अक्षयकोष निमार्णमा एभरेष्ट सहकारीको सहयोग

चितवन । एभेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरमा रहेको नारायणी नमुना माध्यामिक बिद्यालयका दृष्टिबिहिन बालबालिकाको अध्ययन सहयोगार्थ निर्माण गरिएको अक्षयकोष ४० हजार रुपैया सहयोग गरेको छ ।

बिद्यालयमा अध्ययनरत दृष्टिबिहिन बालबालिकाकाको अध्ययनमा सहयोग पु¥याउन एक कदम अघि बढाईएको एभेष्ट साकोसका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिनुभएको छ । उहाले अक्षयकोषमा रकम उपलब्ध गराउन पाउदा खुशी व्यक्त गर्नुभएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापाले सहयोगको लागि आभार व्यक्त गर्दे आगामी दिनमा पनि सहयोग र साथको अपेक्षा रहेको उल्लेख गर्नुभयो । सो कार्यक्रममा एभेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी व्यवस्थापक सरु दवाडी, शिक्षा उपसमिति सदस्य अनुशाा चुके लगायतको सहभागिता रहेको थियो ।

नारायणी नमुना माबिमा आवासिय सुबिधा सहित २७ जना दृष्टिबिहिन बालबालिकाले अध्ययन गरिरहेका छन । ६ जना बालक, २१ जना बालिकाले ब्रेल लिपि बिधि अनुसार अध्ययन कार्य गरिरहेको नारायणी नमुना माध्यामिक बिद्यालयका स्रोत शिक्षक महेन्द्र थापाले जानकारी दिनुभएको छ ।

उनिहरुको अध्ययन अध्यापनका लागि बिद्यालयमा अक्षयकोषको निर्माण गरिएको छ । बिभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोग बाट अहिलेसम्मा ३ लाख ५० हजार रुपैया संकलन भएको दृष्टि बिहिन एकाई व्यवस्थापन समितिकी सदस्य छाया श्रेष्ठले जानकारी दिनुभयो । उहाले सो अक्षय कोष ७० हजार रुपैया बाट शुरु गरिएको समेत उल्लेख गर्नुभयो ।

Loading...