सौराहामा जिप सफारीको आकर्षण बढ्दो

चितवन । सौराहाका व्यवसायीले निकुञ्ज भित्र सुरु गरेको जीप सफारी पर्यटकलाई वन्यजन्तु अबलोकन गर्ने उपयुक्त माध्यमको रुपमा स्थापित भएको छ । सौराहा आउने पर्यटक मध्ये ७० प्रतिशत पर्यटकले जीप सफारी मार्फत निकुञ्ज घुम्ने गरेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

सौराहामा दैनिक करिब ४ सय पर्यटक आउँछन् । सौराहा आउने अधिकाँस पर्यटक हात्ती र जीप सफारीमा रमाउने गरेको संघका महासचिव राममणि खनालले बताए । निकुञ्ज भित्र सुरक्षाका हिसावले जीप सफारी पर्यटकको रोजाईमा पर्ने गरेको उनले बताए । सौराहाबाट शुरु भई चितवन निकुञ्जको कार्यालय कसरा हुँदै टाईगर टप्ससम्म झण्डै ३६ किमी पर्यटकका लागि जीप सफारी हुन्छ ।

कुनै कुनै बेला बाघ समेत देख्न पाउने सो क्षेत्रको जीप सफारीमा गैंडा भने अनिवार्य रुपमा देखिने संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टिका गिरी बताउनुहुन्छ । गिरी भन्नुहुन्छ, ‘बाघ गैंडा लगायत वन्यजन्तु अबलोकनका लागि यहाँको जीप सफारी उत्कृष्ट अबसर हो । सौराहाबाट शुरु भई चितवन निकुञ्जको कार्यालय कसरा हुँदै टाईगर टप्ससम्म झण्डै ३६ किमी पर्यटकका लागि जीप सफारी हुन्छ ।

कुनै कुनै बेला बाघ समेत देख्न पाउने सो क्षेत्रको जीप सफारीमा गैंडा भने अनिवार्य रुपमा देखिने संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टिका गिरी बताउनुहुन्छ । गिरी भन्नुहुन्छ, ‘बाघ गैंडा लगायत वन्यजन्तु अबलोकनका लागि यहाँको जीप सफारी उत्कृष्ट अबसर हो ।

चितवनको पुर्वी सेक्टर अन्तरगत पर्ने सौराहा आसपास पदमपुर गैंडाको उत्कृष्ट वासस्थान हो । विसहजारी ताल, ईचर्नी टापु, खोरसोर, बाघमारा वन, दुधौरा, कछुवानी, र पुर्व कुमरोज गैंडाको राम्रो बासस्थान हो ।

निकुञ्जको पुर्वी सेक्टरमा करिव ६० वटा गैंडा अभिलेख गरिएको चितवन राष्ट्रिय निकुञ्जका पुर्वी सेक्टर प्रमुख अभिनय पाठक बताउनुहुन्छ । सौराहामा हाल दैनिक ३ देखि ४ सय पर्यटक आउँछन् । अब पर्यटकको मौसम बढ्ने बेला आएको छ । सौराहामा आउने पर्यटक हात्ती र जीप सफारीमा बढी रमाउँछन् ।

वन्यजन्तुसंगै सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुको वासस्थान, नदीतटिय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने भएकाले सौराहाको जीप सफारी महत्वपूर्ण मानिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । सौराहाबाट निकुञ्ज घुम्नका लागि ४० भन्दा बढी जीप सञ्चालित छन ।

Loading...