चितवन प्रहरी नागरिक सचेतना कार्यक्रम लिएर गाँउगाँउमा

चितवन । शान्ती सुरक्षा स्थापनार्थ बिभिन्न कार्यहरु गरिरहेको चितवन प्रहरीले नागरिक सचेतनाको एक कार्यक्रम लिएर आएर छ । कारका सामान चोरीको घटना वढ्न थालेपछि जिल्ला प्रहरी कार्यलय चितवनले सचेतना अभियान सुरु गरेको छ । मंगलबार बाट सचेतना अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रबक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

पार्किङ गरेर राखिएका कारका सामान हराएको भन्ने गुनासो वढेपछि सचेतना अभियान संचालन गरेको उहाँले बताउनुभयो । अभियान अन्तरगत फिल्डमानै गएर कार चालकलाई सुरक्षित ठाउँमा गाडी पार्किङ्ग गर्न, गाडीको सिसा बन्द गर्न, गाडीमा चावी लगाएर छोड्न , गरगहना र पौसा देखिने गरि गाडिमा नराख्न आग्रह गरिएको ढकालले वताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालयको समन्वयमा कम्तिमा पनि दिनको १ घण्टा सचेतना कार्यक्रम गरिने प्रहरीको योजना छ । नारायणगढ,भरतपुर,सौराहा,चनौली,माडी लगाएत कारको चहलपहल वढी हुने क्षेत्रमा अभियान तिव्र पारिनेछ । पहिलो चरणमा पूल्चोक देखी गोन्द्राङ सम्म, त्यस पछि अन्य क्षेत्रमा कार्यान्वयनमा ल्याईएको यो कार्यक्रम जिल्ला भरीका शहरी तथा भित्री सडक एरियामा पनि लागू गरिने जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रबक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रहरीको सचेतना कार्यक्रम र निगरानी बढनु राम्रो रहेको स्थानबासीको प्रतिक्रिया रहेको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्याल चितवनले नारायणगढमा जथाभावी पार्किङ गर्नेलाई कारवाही अभियान पनि जारी राखेको छ ।

Loading...