भरतपुर महानगरमा मनोमानी कर्मचारी नियुक्ति गरेको आरोप

भरतपुर महानगरपालिकामा मनोमानी रुपमा कर्मचारीको पदपूर्ति गरेको भन्दै एमाले निकट युवा संघ र अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।

महानगरपालिकाले सामाजिक परिचालक, अन्य प्राविधिक कर्मचारीहरुको माग गर्दा स्वच्छाचारिता अपनाएकोले तत्काल विधि अवलम्वन गर्न भन्दै ध्यानाकर्षण गराएको हो । अनेरास्ववियु चितवनका जिल्ला संयोजक धिपन भण्डारी, जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य प्रकाश भट्ट, युवा संघका जिल्ला इन्चार्ज प्रल्हाद प्रधान, जिल्ला संयोजक दिलिप न्यौपानेले महानगरपालिकाकी मेयर रेनु दाहाललाई ध्यानार्कषण पत्र बुझाउँदै जथाभावी कर्मचारी भर्ती गरे वडामा हाजिर हुन नदिने चेतावनी दिएका हुन् ।

उनीहरुले लोकसेवा आयोग मार्फत विधि संगत ढंगबाट कर्मचारी छनोट गर्न माग गरेका छन् । स्थानीय शिक्षा ऐन निर्माणमा विद्यार्थी संघसंगठनहरुलाई बेवास्था गरिएको आरोप लगाउँदै एकलौटी तयार गरिएको ऐन कार्यान्वयन हुन नदिने बताएका छन् । महानगरको फुटपाथ व्यवस्थापन, मनपर्दी रुपमा बढाइएको व्यवसाय करप्रति पनि ध्यानार्कषण गराए । महानगरपालिकाकी मेयर दाहालले सम्बन्धित सरोकारवालसँग छलफल गरेर अघि बढ्ने वताएकी छन् ।

Loading...