चितवनमा घरेलु हिंशाका घटना घट्दै

चितवन । चितवनमा घरेलु हिंसाको घटनामा न्यूनीकरण आएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेवा केन्द्रले दिएको तथ्यांक अनुसार चालु आर्थीक बर्षको साउन महिनाको तुलनामा अन्य महिनामा चितवनमा घरेलु हिंसाको घटनामा कमी आएको हो ।

साउनमा महिनामा केन्द्रमा विभिन्न ११० वटा घटनाका निवेदन दर्ता भएकोमा घरेलु हिंसाका ४० वटा घटना दर्ता गरिएका थिए । भदौ महिनामा भने निवेदन पनि घटेको र घरेलु हिंसा पनि घटेको तथ्यांकले देखाएको छ । जेठ महिनामा विभिन्न ८४ वटा निवेदनहरु दर्ता भएकोमा घरेलु हिंसा सम्बन्धी २८ वटा मात्रै उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले जनकारी दिनुभएको छ ।

त्यस्तै असोजमा १७, कात्र्तिकमा ३०, मंसिरमा १७ , पौषमा २६ र माघमा २३ वटा घरेलु हिंसाका निबेदन परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढकालले उल्लेख गर्नुभयो । त्यस्तै आर्थीक बर्ष २०७२÷०७३ मा ३३८ वटा ,२०७३÷०७४ मा १८८ वटा , २०७४÷०७५ मा माघ मसान्तसम्मा १७९ वटा घरेलु हिंसाका निबेदन जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका हुन ।

त्यसैगरी साउन महिनामा घरेलु हिंसाका ३२ वटा घटना मिलापत्रबाट समाधान गरिएको अन्य छ । भदौमा २६ असोजमा १०, कात्र्तिकमा २५, मंसिरमा १२ , पौषमा २० र माघमा २० वटा घरेलु हिंसाका निबेदनलाई मिलापत्र गरिएको हो । मिलापत्र नभएको अवस्थामा अदालती प्रकृयामा जाने ढकालकोे भनाइ छ । प्रहरीको कारर्बाही पर्ने डर सचेतना फैलीएकाले पनि यस्ता घटनामा कमि आएको हुनसक्ने प्रवक्ता प्रहरी नायब उपरीक्षक ढकालको भनाइृ रहेको छ ।

घरेलु हिंसाविरुद्धको कानुन बने पनि व्यवहारमा घरेलु हिंसा अन्त्य गर्न समाजका सबै पक्षबाट धेरै पहल चाहिन्छ । विशेषगरी घरेलु हिंसापीडितहरूको पुनस्र्थापनामा अझ धेरै पहलको आवश्यकता देखिन्छ ।

महिलाहरु अझैपनि परिवारको इज्जत र सामाजिक प्रतिष्ठाको कारणले हिंसाका घटनालाई सार्वजनिक नगर्ने प्रवृत्ति रहेको बिद्यमान छ । घरेलु हिंसामा पर्ने गरेका महिलाहरुलाई सरकारले सुरक्षित ठाउंमा राखेर उजुरी लिने वातावरण मिलाउनु पर्ने महिला अधिकारका क्षेत्रमा कार्यरतहरुको माग छ ।

Loading...