सडक सचेतना कार्यक्रम सम्पन्न

चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनको सहयोगमा लियो क्लव अफ बालकुमारी कलेज नारायणगढले सडक सचेतना अभियान संचालन गरेको छ । मंगलवार नारायणगढको लायन्स चोकमा जम्मा भएर विद्यार्थीहरुले सडक सचेतना कार्यक्रम गरेका हुन् ।

कम गति हुन्न क्षती, एम्बुलेन्सलाई बाटो दिऔं, जेब्रा क्रसिङ्गबाट मात्र बाटो काटौं,अनाबस्यक हर्न बजाउनु असभ्यताको परिचय हो, जस्ता नारा लेखिएको प्लेकार्ड सहित उनिहरु सहभागी भएका थिए । कार्यक्रममा यत्रुलाई सडक नियमको बारेमा जानकारी दिँदै जेब्रा क्रसिङ्गबाट नै बाटो काट्न आग्रह गरिएको थियो ।

लियो क्लव अफ बालकुमारी कलेजका सह–सचिव अभूषण पौडेलले कार्यक्रममा बालकुमारी कलेजमा नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको वताउनुभयो ।उहाँले पढाई संगै समाज प्रति उत्तरदायित्व बन्नु पर्छ भन्ने उदेश्यले खाजाखाने समयमा सचेतना अभियान संचालन गरेको जानकारी दिनुभयो ।

मध्यान्न १ बजे देखी २ बजे सम्म जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनको सहयोगमा सचेतना कार्यक्रम गरिएको थियो । जिल्ला टाफिक कार्यालय चितवनले दुर्घटना न्युनिकरण गराउन र सचेतना फैलाउन बिभिन्न संघ संस्था संग समन्वय गरि “महिनामा एक दिन ट्राफिक स्वयंसेवक लगायतका अन्य कार्यक्रक्रमहरु आयोजना गर्दे आएको जिल्ला टाफिक कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।

Loading...