राष्ट्रियसभाको बैठक अाज बस्दै, अध्यक्षमा तिमिल्सिनालार्इ निर्विरोध चयन गरिने

काठमाडौँः राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकले राष्ट्रियसभाको अध्यक्ष चयन गर्ने कार्यसूची तय भएको छ।

अध्यक्षका लागि फागुन २८ गते मनोनयन दर्ता भएको थियो।

अध्यक्षमा एमालेका गणेश तिमिल्सिना एकल उम्मेदवारी परेको छ। तिमिल्सिनालाई अाजको बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ।

निर्विरोध घोषणा गर्नुअघि तिमिल्सिनाका प्रस्ताव पेश हुनेछ। उनका प्रस्तावकमा एमालेका खिमलाल भट्टराई रहेका छन्। समर्थकमा माओवादी केन्द्रका दीननाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन्।

वाम गठबन्धनका उम्मेदवार तिमिल्सिनाको पक्षमा राष्ट्रियसभामा बहुमत छ। अध्यक्ष निर्वाचित हुन आवश्यक ३० सांसद्मध्ये एमालेका २९ सांसद् (मनोनीत समेत) छन्। यस्तै, माओवादी केन्द्रका १३ (मनोनीत समेत) सदस्य छन्। सत्तारुढ गठबन्धनलाई साथ दिएका फोरम नेपाल र राजपाका राष्ट्रियसभामा दुई/दुई सांसद् छन्। कांग्रेसका तर्फबाट १३ जनाको प्रतिनिधित्व छ।

Loading...