चितवन फर्टिलिटी सेन्टरको शुभारम्भ

चितवन । निःसन्तान तथा प्रसूती तथा स्त्री रोगको सम्पूर्ण उपचार गर्ने उद्देश्यले बुधबारदेखि भरतपुरमा चितवन फर्टिलिटी सेन्टरको शुभारम्भ भएको छ । भरतपुरको दुरसंचार रोडमा स्थापना भएको सेन्टरबाट निःसन्तान दम्पतिलाई परामर्श र उपचार प्रदान गरिने स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा. हेमनाथ सुबेदीले बताए ।

मेडिकल सिटीको रुपमा बिकास भएको चितवनमा बिबिध सेवा प्रदान गर्ने उद्देश्यले सेन्टरको सुरुवात गरिएको प्रबन्ध सञ्चालक भक्ती चालिसेले बताए । सेन्टर काठमाडौं फर्टिलिटी सेन्टरको प्राबिधिक सहयोगमा सञ्चालन हुनेछ ।

सेन्टरमा प्रा. डा जागेश्वर गौतम, स्त्री तथा तथा प्रसूती तथा निसन्तान पन बिशेषज्ञ डा. सबिना श्रेष्ठ, स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा. हेमनाथ सुबेदीले परामर्श र उपचार प्रदान गर्नेछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक चार जना महिला मध्य एक जनामा निःसन्तानको समस्या देखिने गरेको छ । नेपालमा पनि यस्ता समस्या देखिएकाले उपचारका उपचारका लागि सेन्टरको स्थापना गरिएको डा.सुबेदीले बताए ।

Loading...