लिलिबिली युनिट प्रचारप्रसारमा

चितवन । प्रेमकथामा आधारित नेपाली फिल्म ‘लिलिबिली’ निर्माण टिम यति बेला प्रचार प्रसारमा ब्यस्त छन् । चैत ३० गते बाट प्रदर्शनमा आउने नेपाली चलचित्र लिलिबिली’को टिमले सोमवार भरतपुरमा पत्रकार सेलन गर्दै चलचित्रको बारेमा जानकारी दिनुभयो ।

प्रेमगीत र ‘प्रेमगीत २ फिल्मबाट चक्लेटि नायको उपनाम पाएका युवा अभिनेता प्रदीप खड्काले फिल्म चल्नेमा आफु ढुक्क रहेको बताउनुभयो । नायक खड्काले प्रेमगीत र प्रेमगीत २ मा भन्दा बढि महिनेत लिलिबिलीमा गरेको भन्दै आफनो व्यक्तिगत करियरमा पनि चलचित्र सफलताको आर्को खुल्डकीलो बन्ने बताउनु भयो ।

अभिनेत्री जसिता गुरु ङले चलचित्रा डेव्यु गर्न पाएको मा खुशी व्यक्त गर्दै चुनौतीपुर्ण रूपमा काम गरेको दाबी गरीन .चलचित्रको छायांकन बेलायत र स्कटल्याण्डमा गरिएको निर्देशक मिलन चाम्सले बताए । चलचित्रका निर्माता सुदिप खड्काले पत्रकारहरुले फिल्मा कति लगानी लाग्यो भन्ने प्रश्नमा पैसा भन्दा पनि मुख्यकुरा, दर्शकले जुन तरिकाले माया दिनुभएको छ ।, त्यो माया सधै पाउन योग्य बनौं भन्ने नै हो कथाले पागेको खर्च भएको छ ।

तर कति खर्च भयो भन्ने प्रश्नमा चै उनले बताउन चाहेनन्न । फिल्ममा प्रियंका कार्की, अनुपविक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ ।

Loading...