प्रधानमन्त्री अोली वैशाखमा बालबालिका विद्यालयमा भर्ना गर्न जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस बर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवटारमा आज प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आगामी बैसाख ५ गतेका दिन विद्यालय जाने उमेरको कुनै बालक÷बालिकालाई घरबाट आफैले ं विद्यालयमा लगेर भर्ना गराउने बताउनुभएको हो ।

“यसपालीको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरको एकजना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्री र माननीयहरुले पनि त्यसै गर्नुहुन्छ ।” निरक्षरतालाई दुइबर्ष भित्र उन्मुलन गर्ने नीति अन्तरगत यसपालीको विद्यालय भर्ना अभियानलाई ब्यापकता दिन लागिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।“अब दुईबर्षमा नेपालबाट निरक्षरता उन्मुलन गर्नका लागि यसपाली प्रधानमन्त्री,मन्त्री,सांसद,प्रदेशका मुख्य मन्त्री,मन्त्री,साँसद र स्थानीय तहका सबै जनप्रतिनिधीले एक ÷एक जना बच्चा लगेर विद्यालयमा भर्ना गराउने छन् ।”

प्रधानमन्त्री ओलीले मधेसका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकोले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो भएको बताउनुभएको छ । “मैले निश्चित त गरिसकेको छैन तर तराइको कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाइ छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यस अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभइ विद्यालयको पढाइ पुरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पु¥याउनका लागि भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “यो एउटा उत्प्रेरणा जगाउने अभियान हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाललाई अगाडि बढाउन अब सरकारले अब यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा सुरु गर्छ ।”

प्रधानमन्त्री ओलीले यूवाहरुलाई देश निर्माणमा लाग्न आग्रह गर्नुभएको छ । भ्रष्टचारलाई निर्मूल पार्न यूवाहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । युवा परिषदलाई गच्छे अनुसार सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Loading...