पश्चिम चितवनको हवेलीमा ‘कुटुम्ब’

चितवन । पश्चिम चितवनमा नेपाली नयाँ वर्ष २०७५ लाई साँगीतिक प्रस्तुतीको साथ स्वागत गरिने भएको छ । कार्यक्रममा चर्चित ब्याण्ड ‘कटुम्ब’ले सांगीतीक प्रस्तुती दिने आज (विहीबार) भरतपुरमा आयोजकले प्रत्रकार समेलन गर्दै जानकारी दिइएको छ ।

कली इभेण्ट म्यानेजमेण्ड प्रा.लि र रञ्जना फाउण्डेसन भरतपुर–६ गीतानगरको संयुक्त आयोजनामा चैत ३० गते कार्यक्र हुन लागेको हो । लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिट्रिट देवनगर÷चम्पानगरको परिसदमा सांगीतिक कार्यक्रम हुने कली इभेण्ट म्यानेजमेण्डका संस्थापक सुरजबहादुर गोदारले बताउनु भयो । गोदारका अनुसार संगीतिक कार्यक्रममा सहभागि हुनेले रु.एक हजारको टिकट काट्नु पर्नेछ भने सांगीतिक कार्यक्रम एक हजार जना दर्शकले अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रमको टिकट मेट्स एजुकेसन, ए टु जेट मोवाइ हाउस, शुभकामना इलोक्ट्रोनिक्स, गेट वे र गीतानगरको श्रेष्ठ फेन्सी, गोधुली चुलो, कोजी मिट प्वईन्टबाट पाउने व्यवस्था गरिएको कलि इभेण्ट म्यानेजमेण्टका अर्का फाउण्डर रविन पाण्डेले बताउनु भयो ।

रन्जना फाउण्डेसनका फाउण्डर प्रकाश श्रेष्ठले सांगीतीक कार्यक्रम सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने बताउनुभयो । साथै उहाँले कार्यक्रमबाट बचेको रकम नवलपुरस्थि पितौजीका चेपाङ परिवार र गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरिने बताउनुभयो ।
कार्यक्रममा चितवन रामपुरको ब्रो हुट व्याण्डको पनि प्रस्तुती रहने छ । कार्यक्रमको मूख्य प्रायोजक मेट्स एजुकेसन रहेको छ ।

Loading...