एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटः वाल्मीकिको पहिलो जित, मकवानपुर र रामपुरले अंक बाँडे

चितवन । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी एक्सपर्ट कलेज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको समूह ‘ बी’ अन्तरगत वाल्मीकि शिक्षा सदन भरतपुरले पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा वाल्मीकिले सप्तगण्डकी बहुमुखी क्याम्पसलाई ३६ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको वाल्मीकिले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन जोडेको थियो । उसका लाग सागर लामाले १६ र साजन श्रेष्ठले १५ रन जोडे । सप्तगण्डकीका सनम बुढााथोकी, आशिष गुरुङ र आयुष सुवेदीले समान २÷२ विकेट लिए ।
१२४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सप्तगण्डकी १६.२ ओभरमा ८७ रनमै अलआउट हुन पुग्यो । उसका लागि सनम बुढााथोकीले सर्वाधिक २५ रन बनाए । आजको जितसंगै वाल्मीकि समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै समूहको अर्को खेलमा रामपुर क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसले अंक बाडेका छन् । वर्षाले खेल प्रभावित भएपछि दुवै टिमले एक÷एक अंक प्राप्त गरेका छन् । समूहको विजेता टिम फाईनलमा बालकुमारी कलेजसंग प्रतिस्पर्धा गर्नेछ । बालकुमारी कलेज समूह ‘ए’ को विजेता भन्दै फाईनल प्रवेश गरेको थियो ।
नेपालय इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगितामा भोली (शनिबार) पनि समहू ‘बी’ को दुई खेलहरु हुँदैछन् ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटका म्यानेजिङ डाईरेक्टर सुवास प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले क्षेत्रीय प्रतियोगिता खेल्न पाउनुको साथै प्रत्येक खेलाडीले ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने र उपविजेताले चार वटा ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने प्रधानले बताउनुभयो ।

Loading...