राष्ट्रिय सहकारी दिवस सम्पन्न

चितवन । ६१ औं राष्ट्रिय सहकारी दिवस चितवनमा विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड चितवनको आयोजनामा चैत २० गते दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा सहित सहकारी दिवस मनाउन लागिएको हो ।

दिवसको दिन जिल्लाका ७ सय ४ ओटै सहकारी संघ संस्थाहरुका व्यानर, भेषभुषा, झांकि सहित हजारौं शेयर सदस्यको सहभागिता ¥याली निकालिने जिल्ला सहकारी संघ लिमिटेडले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । ¥याली पछि आयोजित कार्यक्रमको प्रदेश नं. ३ का सहकारी मन्त्रि दावादोर्जे लामाले उद्घाटन गर्ने संघका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक टीकाराम भट्टराईले जानकारी दिए ।

जिल्ला सहकारी संघको प्रांगणमा हुने कार्यक्रम स्थलमा सहकारी संस्था र सहकारीका सदस्यहरुबाट उत्पादित कृषि, दुग्ध, मह, कम्प्युटर सफ्वेयर, सिसि क्यामेरा, एयर कन्डिसन, कृषि उपकरण लगायत व्यवसाय प्रवद्र्धनात्मक बस्तुहरुको प्रदर्शन गरिने भट्टराईले वताए । व्यवसाय प्रवद्र्धनात्मक बस्तुहरुको १८ ओटा स्टलहरु रहने वताइएको छ ।

नेपालकै पहिलो सहकारी बखान सहकारी समेत चितवनमा नै भएकाले सहकारी विकासका गतिविधिहरु चितवनमा बढि भएको पाइन्छ । चितवनमा बचत तथा ऋणका २ सय ८२, दुग्ध उत्पादक १ सय ३८, कृषि १ सय ४५, बहुउदेश्यीय ६७, तरकारी तथा फलफुल उत्पादक १२, उपभोक्ता १०, मौरी पालन ४ र सामाजिक उद्यमी १४, सञ्चारका ५ ओटा सहकारी संस्थाहरु रहेका छन् । सहकारी संस्थाहरुमा सदस्यहरुको शेयर लगानी करिब ३ अर्ब ३० करोड, बचत १३ अर्ब रहेको जिल्ला सहकारी संघले जनाएको छ ।

Loading...