तिब्र गतिमा सवारी चलाउने १५ सवारी कारवाहीमा, राडर गनको प्रयोग (फोटो फिचर)

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तिव्र गतिमा सवारी चलाउने १५ ओटा सवारीलाइ कारबाहि गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा राडर गनको सहायताले सवारी साधनहरुको गति मापन गरिएको थियो ।

सो सडकमा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ । अधिकांश मोटरसाइकलले उच्च गतिमा सवारी चलाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

उद्योग वाणिज्य संघ चितवनले ट्राफिक कार्यालयलाइ एउटा राडर गन प्रदान गरेपछि सवारीको गति नियन्त्रण सहज भएको पन्तले वताए । चितवन ट्राफिक प्रहरी संग एउटा मात्रै राडर गन रहेको छ । पछिल्लो एक महिनामा राडर गनको सहायताले एक सय ७५ जना सवारीलाइ कारबाहि गरिएको उनको भनाइ छ ।

उच्च गतिमा सवारी चलाउनेलाइ एक पटकमा ५ सय रुपैंया, दोस्रो पटकमा एक हजार र तेस्रो पटकमा १५ सय रुपैंया जरिवाना तिराइने उनले वताए ।

राडन गनको माध्यमबाट नियमित जसो सवारी गति मापन गरिने र उच्च गतिका सवारीलाइ सचेतना समेत प्रदान गरिने पन्त वताउंछन् । जिल्लामा तिव्र गतिका कारण बढि सवारी दुर्घटना हुने गरेकाले तिव्र गतिका सवारी नियन्त्रण अभियानलाइ प्राथमिकता दिइएको छ ।

Loading...