चित्रवन रंगशालालार्इ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन धुर्मुस-सुन्तली फाउण्डेसनलाई जग्गा दिने महानगरको घोषणा

चितवन । पश्चिम चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशाला भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने निर्णय गरेको छ ।

फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका धुर्मुस सुन्तलीलार्इ महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन्।

धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेका छन्। भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको फाउन्डेशनलार्इ उपलब्ध गराउने महानगर प्रमुख रेणु दाहालले जानकारी दिइन्।

उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार रहेको बताइन्। चित्रवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउने गरी रंगशाला निर्माण गर्न दिइन्र उनले बताइन्।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गरेका थिए।

भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ ।

Loading...