राष्ट्रपति रनिङ शिल्ड चितवनमा

चितवन । चितवन जिल्लामा यस वर्ष पनि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७४ गर्ने भएको छ । प्रतियोगिताबारे सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगाला लामाले प्रतियोगिता बारे जानकारी दिनु भएको हो ।

प्रतियोगितामा कबड्डी, भलिवल, एथलेटिक्स, सितोरियो कराते, तेक्वान्दो, उसु खेल समावेश हुने जानकारी दिइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७४ व्यवस्थापन तथा निर्देशन समितिको निर्देशन अनुसार जिल्ला खेल्कुद विकास समिति द्धारा आयोजना हुन गईरहको १० औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्वाचन क्षेत्र अन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ मा यहि चैत्र २३, २४ र २५ गतेप्रतियोगिता सञ्चालन गरिने छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को भरतपुर स्थित गेष्ट हाउस चौरमा यहि चैत्र २७, २८ र २९ र निर्वाचन क्षेत्र नम्बर ३ को शारदानगर मा. विमा २०७५ साल बैशाख २, ३ र ४ गते प्रतियोगिता हुनेछ । ३ वटै निर्वाचन क्षेत्रमा छनौट भएका प्रथम, द्धितिय र तृतिय खेलाडीहरु विचको जिल्ला स्तरीय प्रतियोगिता बैशाख ७, ८ र ९ गते हुने आयोजकले जनाएको छ ।

Loading...