सहकारी संग्रहालय निमार्ण सुरु, प्रचण्डद्वारा शिलान्यास

चितवन । नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी संग्राहलय निर्माणको काम अघि बढाएको छ । संग्राहलयको मंगलवार एक भव्य कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गर्नुभयो ।

देशका ३६ हजार सहकारीको मध्येको सहकारी बखान बहुउद्धेश्यीय सहकारी संस्था पहिलो हो । ४ विगाहा जग्गामा संग्राहलयको लागि छुट्टाइएको छ । अहिले २ तले भवन ५ करोड १५ लाखको लगातमा ५ कठ्ठामा बन्ने अध्यक्ष मोहनसिंह लामाले जानकारी दिनुभयो । भवनको डिपिआर इष्टवेस्ट इन्जिनियर कल्सल्टेन्सीले तयार गरेको हो । भवन २ वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।

आगामी बैशाख २ गते भवन निर्माण लागि आब्हान ग्लोवल टेण्डर खोलिने छ । सहकारी संग्राहलयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्ती दून परियोजनाका लागि ढड्डी फाँडन प्रयोग गरिएको औजार उपकरण, ऐतिहासिक पूराना पैसाहरु, अन्य बहमूल्य समानहरु राखिने छ ।

संग्राहलयमा देशभरका ३६ हजार सहकारीको पहिचान हुने गरी केही सामाग्रीहरु पनि राखिने छ । भ्रमणका लागि आउने समूहहरुलाई आवासीय व्यवस्था, तालिम हल, भोजनालय,सहिद पार्क बनाउने, साँस्कृतिक पहिचान झल्कने बस्तुहरु राख्ने योजना पनि संस्थाको रहेको व्यवस्थापक अर्जुन ढकालले जानकारी दिनुभयो ।

यो सबै कामको कुल प्रोजेक्ट ९ करोड ४५ लाखको छ । अहिले ५ करोड १५ लाख २ बर्षमा दिने एस्योर भएको छ बाँकी पैसा अन्य निकायसँग फेरी माग गर्ने योजना छ ।’

अध्यक्ष मोहनसिंह लामाले भन्नुभयो, १० बर्षअघिबाट नै पहल गर्दा बल्ल यति भयो, राष्ट्रिय महत्वको विषयमा सरोकारवाला गम्भिर भएको पाइएन ।’अहिलेका कतिपय सहकारी सहकारीको मूल्य र मान्यताभन्दा बाहिर गएर काम गरिरहेको संस्थाका अध्यक्ष लामाको गुनासो छ । शेयर सदस्य धेरै बनाउने नाममा अस्वस्थ प्रतिस्पर्धा गरिएको उहाँले बताउनुभुयो ।

Loading...