सलमान खानलार्इ पाँच वर्ष जेल सजाय

काठमाडौं । बीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा जोधपुर अदालतले सलमान खानलाई दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको छ।

सलमान खानलाई दोषी घोषित गरेर खाजाका लागि भएको ब्रेक पछि सीजेएम देव कुमार खत्रीले सलमान खानलाई ५ वर्षको जेल र १० हजारको जरिवाना तोकेका छन् ।

सजायँको फैसला पछि सलमान खानलाई जोधपुर जेलमा लगिएको छ । सजाय सुनाउदा सलमान खान आफ्नी दुई बहिनीको साथमा थिए । न्यायाधिसले सलमान खानलाई सजाय सुनाइरहदा सलामान खान आफू बसेको कुर्सीबाट उठेर भित्तामा अडेस लागेर बसेका थिए ।

यो मुद्दाका सह-आरोपी रहेका सैफ अलि खान, तब्बु, सोनाली र नीलमलाई भने शंकाको लाभको आधारमा दोष मुक्त गरिएको छ ।
मुद्दाको पेशीको लागि सबै आरोपीहरु बुधबार जोधपुर गएका थिए ।

सलमान खानलाई सोही समयमा गरेको अन्य दुई शिकारको लागि पनि मुद्दा परेको थियो । बाँकी दुवै घटनामा शिकार गरेको प्रत्यक्ष देखेको भनिएका हरिश दुलानीले अदालतमा आफ्नो बयान फेरेका थिए ।

उनले सलमान र बाँकी कलाकारलाई पहिले कहिले नभेटेको बताएका थिए । त्यो घटनाको मुद्दा कमजोर हुनुमा शिकार गरिएको हरिणको लास नभेटिनु पनि थियो ।

हरिण मरेको केही समय पछि पुगेको गाउलेहरुले गोली सलमान खानले चलाएको र त्यो समय गाडीमा सैफ अलि खान, नीलम, सोनाली र तब्बु भएको बताएका थिए । गाउँले आएपछि सलमान खानले हरिणलाई त्यहीं छाडेर हिडेका थिए ।

Loading...