प्रदेश ३ लाई औद्योगीक हबको रुपमा विकास गर्ने मुख्यमन्त्रीको भनाइ

चितवन । प्रदेश नम्बर तीनका मुख्य मन्त्री डोरमणि पौडेलले प्रदेशलाई औद्योगिक हबको रुपमा विकास गर्ने बताउनुभएको छ । मुख्य मन्त्री पौडेलले तीन नम्बर प्रदेशमा धेरै सम्भावनाहरु रहेकोले औद्योगिक साथै कृषि र पर्यटनमा समेत यो प्रदेशलाई अब्बल बनाउन सकिने बताउनुभएको छ ।

शुक्रबारदेखि चितवनको भरतपुरमा आयोजना गरिएको पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले किसान र आम उद्योगीहरुले उत्पादन गरेको वस्तुको बजारीकरणका लागि उक्त प्रर्दशनी निकै सफल सावित हुने समेत बताउनुभएको छ ।

रोजगारको सृजना नभएसम्म मुलुक र प्रदेश समृद्ध नहुने भएकाले आर्थिक विकास लागि आम नागरिकहरु अगाडि बढ्नुपर्नेमा पौडेलले जोड दिनुभयो । पाँच दिनसम्म चल्ने औद्योगिक प्रर्दशनीमा ८५ प्रतिशत औद्योगिक सामान, उपकरण र १५ प्रतिशत स्थानीय कृषि उत्पादनका स्टलहरुसहित २०० भन्दा बढी स्टल राखिएको प्रर्दशनीका प्रचारप्रसार समितिका संयोजक मदन घिमिरेले जानकारी दिनुभयो ।

प्रदर्शनीमा औद्योगिक वस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रबद्र्धधन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवद्र्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहेका छन् ।

Loading...