अव्यवस्थित शहरीकरणले जलचर लोप हुँदै

नवलपुर । बढ्दो अव्यवस्थीत शहरीकरणको प्रभाव जलचर पंक्षिहरुमा परेको छ । नवलपरासी सहित देशका विभिन्न सिमसार क्षेत्रमा पाईने चराहरु लोप हुदै गएको छ । अव्यवस्थीत रुपमा उघोग कालकारखानाबाट निस्कीएका ढलहरु न्दिमा मिसाउदा यतिबेला जलचर पंक्षिहरुको बासस्थान नै कुरुप र पक्षिहरुको लागि उचित वातावरण हुन नसक्दा पंक्षिको संख्या लोप हुने अवस्थामा पुगेको छ ।

नवलपरासीका विभिन्न क्षेत्रमा पाईने चराहरु यतिबेला लोप हुने र वासस्थान नै छाडेर अन्यन्त्र जाने गरेको चरा विशेषज्ञहरुको भनाइ छ । जल पंक्षिहरुको विशेष बासस्थान जल नै रहेको हुदा यति वेला चलचल पंक्षिहरुलाई उपयुक्त वासस्थान नै अयोग्य भए पनि जलचर पंक्षिहरु लेप हुने र अन्यन्त्र वसाई सराई गर्ने गरेको चरा विद डिवि चौधरीले जानकारी दिनुभयो ।

हरेक वर्ष सिमसार क्षेत्रमा गरिने चरा गणनामा कुनै न कुनै पंक्षि चल प्रदुषण कै कारण लोप हुने गरेको छ ।

Loading...