अष्ट्रेलियन एड्मिसन डे चितवनमा

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले अस्ट्रेलियन एड्मिसन डे मनाएको छ । आज(आइतवार) भरतपुरमा एक कार्यक्रको आयोजना गरेर एक्सपर्टले परामर्श तथा जानकारी मूलक कार्यक्रम गरेको छ ।

अष्टे«लियाका आठ वटा युनिभर्सिटी, कलेज तथा शैक्षिक क्षेत्रका दक्ष व्यक्तिहरुबाट विद्यार्थीलाई अष्ट्रेलियाको उच्चशिक्षा, शैक्षिक वातावरण, करियर, तथा नीति नियमबारे प्रत्यक्ष जानकारी तथा परामर्श प्रदान गरिएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा युनिर्भसिटी र कलेजका प्रतिनिधिसंग भेटाउनुका साथै विद्यार्थीले अस्ट्रेलिया गएपछि के–के कुरामा ध्यान दिने भन्ने बारे यथार्थ जानकारी दिन एड्मिसन डे आयोजना गरिएको वताउनुभयो । एड्मिसन डेमा तत्काल भर्ना गर्ने व्यवस्था गरिएको पौडेलको भनाई छ ।

एकै स्थानमा छोटो समयमा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न पाएकाले विद्यार्थी तथा अभिभावक एड्मिसन डे बाट लाभाम्वित भएको पौडेलले वताउनुभयो । कार्यक्रममा ३ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको एड्मिसन डेमा विद्यार्थीसंगै अभिभावकको पनि बाक्लो उपस्थिति रहको थियो । यसैबीच एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले एड्मिसन डेमा सहभागि हुने विद्यार्थीहरुका लागि लक्की ड्र समेत संचालन गरेको छ । लक्की ड्र मार्फत भाग्यमानि विद्यार्थीले ट्याब, एक्सपर्टको टिसर्ट र क्याप पाएका थिए । एक्सपर्ट चितवनले नारायणगढ, टाँडी, नवलपरासीको कावासोती र हेटौडा मार्फत सेवा प्रदान गरिरहेको छ ।

Loading...