एनआईसी एसियाको नयाँ शाखा चोकबजारमा

चितवन । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भरतपुर ६ चोकबजारमा बिस्तार गरेको छ । सोमबार एक समारोहका बीच नयाँ शाखाको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र बैक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रुपमा गरेका थिए ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले शाखा सञ्जाल बिस्तार रणनिति एक अग्रगामी कदम भएको बताउनुभयो । ‘देश संघियतामा गइसकेको र , अबको समय समृद्धीको रहेको उहाको भनाइ छ । दाहालले उद्घघाटन गर्दै बैंकले देशको आर्थिक विकासमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

स्थानीय सरकारले बैंक र बित्तिय क्षेत्र संग सम्बन्धित क्षेत्रको शान्ति सुरक्षाको प्रत्याभूति गराउने दाहालको भनाइ छ ।बैंकको १७३ औ शाखाको रुपमा भरतपुर महानगरपालिका ६ चोकबजारमा एटिएम सहित सेवा औपचारिक रुपमा सोमबार बाट सुरु भएको बैंक संचालक समितिका सदस्य राजेन्द्र प्रसाद अर्यालले बताउनुभयो । क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउ गाउमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउ गाउमा शाखा बिस्तार लक्ष्य राखेको अर्यालको भनाइ छ ।

सोहि अबसरमा चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मण अर्यालले बैंकिङ क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा भरतपुर वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले गीतानगर क्षेत्रमा एटिएम सेवा सहितको बैंक शाखा सञ्जाल विस्तारले यहाको आर्थिक विकास, बचत र लगानीमा बृद्धी हुने अपेक्षा ब्यक्त गर्नुभयो ।

बैंकले पश्चिम चितवनमा नै पहिलो पटक एटिएम सुबिधा समेत प्रदान गर्ने भएको छ । बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको छ ।

कार्यक्रम बैंक संचालक समितिक सदस्य राजेन्द्र प्रसाद अर्यालको अध्यक्षता र भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मण अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Loading...