एम्बुलेन्स चालकहरुको दोस्रो जिल्ला सम्मेलन

चितवन । एम्बुलेन्स चालकको भूमिका उल्लेखनीय संयुक्त एम्बुलेन्स चालक संघ चितवन शाखको चौथो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा प्रमुख अतिथि चितवन क्षेत्र नम्बर २ का साँसद कृष्णभक्त पोखरेलले दुर्घटनाको समयमा एम्बुलेन्स चालकको भूमिका घटना स्थलमा एउटा चिकित्सकको भन्दा कम नहुने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख जनस्वास्थ्य प्रशासक विजय झाले एम्बुलेन्स सेवा प्रति आम मानिसहरुको व्यापक गुनासो रहेको टिप्पणी गर्दै आफ्नो मुल कर्तव्य नविर्सन चालकहरुलाई आग्रह गरे । व्यक्तिगत प्रभाव र दवाबका आधारमा केही प्रशासकहरुले अन्धाधुन्द एम्बुलेन्स ल्याउन अनुमति दिएकाले अनुगमनमा पनि समस्या भएको संयुक्त एम्बुलेन्स चालक संघ टे«ड युनियनका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए ।

एम्बुलेन्स चालकलाई राज्यले विशेष सम्मान, सेवा सुविधा र उनीहरुको परिवारको सामाजिक सुरक्षालाई ध्यान दिनुपर्ने बताए । आफूहरु अरु सवारी चालकजस्तो नभएको भन्दै संघका केन्द्रीय महासचिव मुक्ति काफ्लेले आफ्नो घरमा भएका विरामी छाडेर एम्बुलेन्समा अरु विरामी बोकेर हिड्नुको बाध्यता आफूहरुसँग रहेको बताए । अधिवेशन सम्पन्न संयुक्त एम्बुलेन्स चालक संघ चितवन शाखाको चौथो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन कार्यक्रम सोमबार भरतपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य नारायण अधिकारी, माओवादी केन्द्रका द्रोणबाबु शिवाकोटी, अखिल नेपाल यातायात मजुदर संगठनका जिल्ला अध्यक्ष सुमन भुजेल, रेडक्रस चितवन जिल्ला सदस्य शालिग्राम पौडेल, रक्तसंचार केन्द्र भरतपुर प्रमुख रमेश पौडेल, यातायात व्यवसायी जयराम खत्री, उपभोक्ता महासंघका केन्द्रीय सचिव अविनाश रम्तेललगायतले बोलेका थिए । कार्यक्रम चितवन शाखा अध्यक्ष सुमन घलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...