विद्यायल निर्माणमा ताइवानमा बस्ने नेपालीको सहयोग

काठमाडौं । ताइवानमा बस्दै आएको नेपालीहरुको संस्था नेपाल ताइवान एसोसिएसनले कास्कीको बराङ्गमा रहेको पिपलडाली देउराली आधारभूत विद्यालय भवन निर्माणका लागि सहयोग गरेको छ ।

एसोसिएसनले ताइवानको सान चोङ्ग हाइस्कुल र नविन अधिकारीबाट समेट सहयोग संकलन गरी भवन निर्माणका ४ लाख ५० हजार नगद हस्तानतरण गरेका हुन् । भुकम्पका कारण भत्किएको स्कुल निर्माणका लागि ताइवानमा बसोबास गर्दै रहेका नेपालीहरुले सहयोग गरेको एसोसिएसनका अध्यक्ष राजु गुरुङले बताए ।

नविन अधिकारीले ताइवानी नेपालीसँग जुटाइएको सो रकम स्कुलका ध्याष्क भक्तबहादुर केसीलाई हस्तान्तरण गरेका थिए । सा अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्रीसमेत हस्तानतरण गरिएको थियो । विद्यार्थीलाई घामपानीबाट जोगिएर पढ्ने अवसर जुटाइदिएको भन्दै एसोसिएसनका सदस्य नविन अधिकारीलार्य सम्मान गरेको गुरुङले बताए । हस्तकलाका व्यवसाय अधिकारीले भुकम्पछि आफ्नो व्यवसायको १० प्रतिशत नाफा नेपालको भुकम्प पिडित, पुर्नसंरचनालाई सहयोग गर्दै आएका छन् ।

सो विद्यालयको अझै पनि पुर्ननिर्माणको कार्य सम्पनन नभएकाले थप रकमसमेत ताइवानबाट संकलगन गरि पठाउने आवश्वासन दिइएको बताइएको छ । नेपाल ताइवान संघले भुकम्प पछि विद्यालय निर्माण, शैक्षिक सामाग्री हस्तान्तरणलगायतका कार्य गर्दै आइरहेको छ । त्यसैगरी बाडीपिडितका लागि समेत संघले सहयोग गरेको थियो । ताइवानमा नेपाल चिनाउने विभिन्न गतिविधिसमेत संचालन गरिरहेको गुरुङले बताए ।

Loading...