वल्र्डलिंकको सेवा नारायणगढको पुलचोकबाट

चितवन । वल्र्डलिंक कम्युनिकेसन प्राईभेट लिमिटेडले नारायणगढको पुलचोक बाट आफनो शाखा कार्यलय संचालनमा ल्याएको छ । विहिवार वल्र्डलिंक कम्युनिकेसन प्राईभेट लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले एक कार्यक्रमका बिच शाखाकार्यलयको उद्घाटन गर्नुभयो ।

देशै भरी फाइबर इन्टरनेट मार्फत छुट्टै पहिचान बनाउन सफल वल्र्डलिंक कम्युनिकेसन प्राईभेट लिमिटेडले सेवा बिस्तार गरे संगै ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गर्न शहिदचोकमा रहेको शाखा कार्यलयलाई स्थान्तरण गर्दै थप व्यवस्थीत र सुविधा सम्पन्न बनाउदै नारायणगढको पुलचोक बाट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नारायणगढको पुलचोक शाखाको उद्घाटन गर्दै वल्र्डलिंक कम्युनिकेसन प्राईभेट लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर उनिहरुको जिवन स्तर माथि पुर्याउनु नै आफ्नो कम्पनीको मुख्य उद्श्य रहेको बताउनु भयो ।

यस्तै वल्र्डलिंक कम्युनिकेसन प्राईभेट लिमिटेडका सिईओ केशव नेपालले २२ वर्ष देखीको इतिहास रहेको वल्र्डलिंक कम्युनिकेसन ग्राहकहरु सेवामा सर्मपीत रहको र अर्थिक हिसावले पनि सस्तो रहेकाले सेवाग्राहीको पहिलो रोजाईमा पर्ने गरेको बताउनुभयो । काठमाडौंमा उपत्यकामा १४ र उपत्यका बाहिर ३२ वटा भन्दा बढि शाखा कार्यलय रहेको वल्र्डलिंकको नारायणगढ शाखा बाट सेवाग्राहीले वल्र्ड्लिंक बारे प्राबिधिक सहयोग, बिल भुक्तानी तथा नयां सेवा लगायतका जानकारी लिन सक्ने वल्र्ड्िलंक कम्युनिकेसन प्रालि नारायणगढका शाखा प्रमुख सुरेन्द्र चौधरी जानकारी दिनुभयो ।

छिटो भनेकै वल्र्ड्लिंक भन्ने नारा सहित तिब्र गतिमा देशै भरि बजार बिस्तार गरिरहेको वल्र्ड्लिंकको नारायणगढ शाखा बाट ७ हजार भन्दा बढि सेवाग्राहि लाभावाभित छन् । वल्र्ड्लिंकलेको नारायणगढ शाखा ले पश्चिम चितवनको रामपुर, मंगलपुर, चनौली लगायतका ठाउहरुमा छिट्टै सेवा उपलब्ध गराउने लक्ष्यमा छ । वल्र्ड्िलंक कम्युनिकेसन प्रालिले यसअघि े चितवनकै टाँडीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याईसकेका थियो ।

Loading...