प्रदेश ५ को बजेटः एक अर्ब दुर्इ करोडको, शुक्रबार प्रदेशसभामा पेस हुने

रूपन्देही । प्रदेश ५ को प्रदेश सरकारले सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि शुक्रबार बजेट पेश गर्ने भएको छ। शुक्रबार बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेशसभा विनियोजन विधेयक २०७४ पेश गरिने प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।

प्रदेशको मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले राजश्व तथा व्ययको अनुमानित बजेट वक्तव्यसहित विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको हो।

आर्थिक मामिला तथा योजना विकासमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले एक अर्ब दुई करोड पाँच लाख बराबरको बजेट प्रदेशसभामा पेश गर्ने छन्।

बैठकले प्रदेशसभा सचिवालय व्यवस्थित गर्न बनेको प्रदेशसभा सचिवालय विधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय समेत गरेको प्रवक्ता चौधरीले जानकारी दिए।

Loading...