मनोबिज्ञान दिबस २०१८ बिहिबार राजधानीमा बिभिन्न कार्यक्रम गरी भब्यताका साथ मनाइएको छ ।
त्रिचन्द क्याम्पस मनोबिज्ञान बिभाग, द स्कुल अफ साइकोलोजी नेपाल, ए.पिनको संयुक्त आयोजनामा र मेलम्ची सीप केन्द्र, होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरको सहआयोजनामा भएको उक्त कार्यक्रमको प्रभातफेरी माइतीघर मण्डलाबाट शुरु भएर भद्रकाली मन्दिर, न्यूरोड हुँदै त्रिचन्द्र क्याम्पस घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोण सभामा पिके क्याम्पस मनोबिज्ञान प्रमुख मिर्नोमा जोन्छे, द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदम राज जोशी, मनोबिद् डा.नरेन्द्र सिंह ठगुन्नाले मनोबिज्ञान दिबसको उद्धेश्य र औचित्यको बारेमा आफ्नो धारणा राखे ।
यसै गरी मध्यान्ह सत्रमा जलवायू परिवर्तनमा मनोबैज्ञानिक मध्यस्थताको बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बाताबरणबिद् प्रा.डा.दिनेश भुजुले जलवायू परिवर्तनले मानब जीवनको अस्तित्व संकटमा रहेकोहुँदा मनोबैज्ञानीक मध्यस्थताको आबश्यक्ता रहेको बताए ।
त्यस्तै त्रिचन्द क्याम्पस मनोबिज्ञान प्रमुख प्रा.डा.उषा किरण सुब्बाले जलवायू परिवर्तनको कारणले हुन सक्ने मनोबैज्ञानीक समस्याबारे सचेतहुँदै कसरी मनोबैज्ञानीक रुपमा तयार हुने भन्ने बारे आजैबाट बुझ्नु पर्ने बताए ।
उक्त कार्यक्रममा मनोबिद् डा.केदार बहादुर रायमाझी, प्रा.डा.शिव महतो, मनोविद् डा.तिमोथी अर्याल लगायतले आफ्नो बिचार राखेका थिए ।
कार्यक्रम संयोजक मनोबिद् डा. नरेन्द्र सिंह ठगुन्नाले युएनले समेत अनुमोदन गरेको मनोबिज्ञान दिबसको नेपालमा धेरै नै महत्व रहेको र यसलाई भावी दिनमा अझ ब्यबस्थित गरेर बृहतरुपमा देश भरिनै बिभिन्न कार्यक्रम गरेर मनाउने बताए ।