नारायणगढमा मिलन मार्ट सञ्चालनमा

चितवन । भरतपुरको व्यस्त बजार सहिचोकको मिलन रोडमा सञ्चालनमा आएको मिलन मार्केटको उद्घाटन गरिएको छ । चितवन क्षेत्र नम्बर २ का सांसद एवम् व्यवस्थापिका संसदको संसदीय नियमावली समितिका संयोजक कृष्णभक्त पोखरेलले शनिबार उक्त मार्केटको औपचारिक उद्घाटन गरेका हुन् ।

टिकाराम भट्टराईको जमिनको अन्य थप तीन जना व्यवसायीले मिलन मार्केट सञ्चालनमा ल्याएका हुन् । मार्केटको उद्घाटन गर्दै सांसद पोखरेलले नेपालमा राजनीतिक क्रान्ति सकिएकोले अब आर्थिक क्रान्ति गर्ने समय आएको बताए ।

आर्थिक क्रान्तिको लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उल्लेख गर्दै युवाहरु विदेश पलायनको अवस्था रोक्नुपर्ने पोखरेलको भनाइ थियो । स्वदेशमा नै स्वरोजगार बन्दै अन्य व्यक्तिहरुलाई समेत रोजगार सिर्जन गर्न सकेको अवस्थामा मात्रै मुलुकको आर्थिक विकास सम्भव भएको पोखरेलले बताए ।

उक्त मार्केटमा २९ वटा सटरमा व्यवसाय सञ्चालन भएको छ । कपडा, इलेन्ट्रोनिक सामान, सुनका गरगहना, कम्प्युटरलगायतका सबै सामानहरु एउटै छानामुनी उपलब्ध गराइएको मिलन मार्केटकका व्यवस्थापक बाबुराम रामुदामुले बताए ।

जग्गाधनी टिकाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष जयराम श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

Loading...