प्रदेश ७ मा नयाँ वर्षमा ‘मेरो वर्ष २०७५ अभियान’

धनगढी । प्रदेश नं ७ को धनगढीबाट नयाँ वर्षसँगै आज ‘मेरो वर्ष २०७५ अभियान’ सुरू गरिएको छ। अभियानको मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुभारम्भ गरे ।

सामाजिक विकास मन्त्रालयको परिसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अभियानको शुभारम्भ गर्दै स्वस्थ्य जीवन जीउन दैनिक योगाभ्यास गर्न जरुरी रहेको बताए ।

सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्वास्थ्य वर्ष अभियानलाई प्रदेश नं ७ का गाउँ वडा तहमा पु¥याउनका लागि मन्त्रालयले विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

‘स्वस्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मेरो वर्ष अभियान शुरु गरिएको जनाइएको छ ।

 

Loading...