चुलाचुली गाउँपालिका भवनमा वम विस्पोट

इलाम । जिल्लाको चुलाचुली गाउँपालिकाको भवनमा बम विष्पोट भएको छ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ ।

शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

बम कसले र किन विष्पोट गराएको भन्ने खुल्न सकेको छैन्।

Loading...