हात्तीको अनौठो प्रेम कहानीः ‘ध्रुवे’ले भगायो ‘तीर्थमान कली’

चितवन । पाँच वर्ष अगाडि १५ जनाको ज्यान लिएको चितवन निकुञ्जको ध्रुबे हात्ती फेरी एकाएक चर्चामा अाएको छ। यसपटक मान्छे मारेर होइन् प्रेमका कारणले चर्चामा अाएको हो।

एक महिना देखि निकुञ्जको सुखीभार पोष्ट अासपास देखिएको ‘ध्रुवे’ले त्यहाँ सुरक्षार्थ राखिएको एक पोथी हात्तीलार्इ भगाएर लगेको छ।

ध्रुबेले तीर्थमान कलीलाई आज बिहान २ः४० बजे साङ्लो चुडाएर जंगलतर्फ लगेको हो ।

उसले तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’लाई अाक्रमण गरी घाइते समेत बनाएको छ।

ध्रुबेले दुई दिनअघि रासन कोठाको झ्याल पनि फोरेको थियो । एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती रहेको निकुञ्जका कर्मचारीहरूले जानकारी दिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले प्राविधिक, गाइड, हात्तीसारका कर्मचारी सबैले अहिले देखिएको हात्ती ध्रुवे भएको जानकारी गराएको बताए। ध्रुवे हात्तीले यतिबेला खासै बितण्डा नमच्चाएको भन्दै उनले सामान्य क्षतिबाहेक केही नगरेको बताए।

ध्रबेले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको थियो । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो ।

ध्रुबेले टाइगर टप्स होटलको एक हात्तीलार्इ समेत मारेको थियो। २०६९ सालमा वितण्डा मच्चाएपछि ध्रुबेलार्इ निकुञ्जका कर्मचारीले गोली हानेका थिए। तर पनि हात्ती ज्यूँदै थियो।

Loading...