प्रदेश ५ को बजेट प्रति सांसदको टिप्पणीः सांसदलार्इ कुहिरोमा अलमलिएको काग जस्तै बनायो, गाउँपालिकाको बजेट जस्तै भो

रूपन्देही । प्रदेश ५ सरकारले ल्याएको बजेटमाथि प्रदेशसभामा छलफल सुरू भएको छ। अाइतबार भएको छलफलमा ८ जना प्रदेश सदस्यले अाफ्नो विचार राखेका छन् ।

बैठकको सुरुमा काग्रेसका प्रदेशसभा सदस्य अष्ठभुजा पाठकले सरकारले पहिलोपटक ल्याएको बजेटमा किसानका कुरा कम परेको बताए । उनले सरकारले निकै साघुरो बजेट ल्याएको भन्दै यसलार्इ फराकिलो गर्न माग गरे।

त्यस्तै अर्का सांसद कृष्ण ध्वज खड्काले बजेट कार्यान्वयनमा सबै जुट्नुपर्ने बताए । कानुन राम्रो हुने तर नेपालमा ब्यबहार उल्टो भैरहेको बताउँदै उनले योजना बदल्ने र गोजाबाट योजना आउने कामलाई कडाई गर्नुपर्ने बताए ।

बजेट छलफलमा सहभागि हुदै सांसद तारा जिसीले प्रस्तुत बजेटले आफुहरुलाइ कुहिरोमा अलमलिएको काग जस्तै बनाएको टीप्पणी गरे ।

‘गांउपालिकाको बजेट जस्तै छ, सरकारको आगामी बजेट पनि आशालाग्दो नहुने संकेत यसले गरेको छ,’जिसिले भने, ‘हामीलाई बजेटले हास्य पात्र बनायो, केन्द्रकै मुख ताक्नपर्ने भए किन संघीयताको अभ्यास गरेको, संघीयतामा प्रदेशला{इ बजेट अभाब भएको छ, यस्तै भयो हाम्रो पार्टीले भनेजस्तै गरि ढिलोचाडो संघीयता खारेज हुनेछ ।’

यस्तै दीर्घ नारायण पाण्डे बजेटले धेरै कुरा समेट्न नसेकेको बताए । सरकारले हतारमा बजेट ल्याउदाको परिणाम यस्तो भएको उनको भनाइ छ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्व २ करोड ५ लाख रुपैया बराबरको बजेट पेश गरेका थिए ।

बैठक भोली १ बजे बस्नेगरि सकिएको छ । भोलीको कार्यसूचिपनि बजेटमाथिकै छलफल रहेको छ ।

Loading...