पर्यटनको सम्भावना बोकेको दिव्य मध्यवर्ती सामुदायीक वन

नवलपुर । नवलपुरको देवचुलि नगरपालीकामा रहेको दिव्य मध्यवर्ति सामुदायिक वन अन्तरगत रहेको दिव्य जंगलमा पर्यटन क्षेत्रको राम्रो सम्भावना भए पनि उचित प्रचार प्रशारका कारण ओझेलमा रहेको छ ।

नारायणि नदि संगै रहेको उक्त वनमा जंगल सफरीको राम्रो स्थान भए पनि प्रचार प्रसारकै कारण आझेलमा परेको देखिएको छ । दिव्य मध्यवर्ति वनमा विभिन्न जंगली जनावर गैैडा , भालू , चित्तल , बाघ लगायतका दुर्लव वन्यजन्तुहरुको अवलोकन गर्न सकिने ग्याम स्काउट पोष्टका प्रमुख शिवबहादुर नेपालीलले बताउनुभयो । उहाक अनुसार पहिले पहिले पर्यटकहरु छिटफुट आउने गरे पनि हाल भने त्यति पर्यटकहरु यस क्षेत्रमा नआएको नेपालीको भनाइ छ ।

राजमार्ग देखि करिव ५ सय मिटर दक्षिणमा पर्ने सो वनमा पर्यटन क्षेत्रको सम्भावना धेरै भए पनि उचित तरिकाले प्रचार प्रसारकै कमिले ओझेलमा परेको नेपालीले बताउनुभयो । चितवन जस्तै यो क्षेत्र पनि पर्यटनको हिसावले अब्बल रहेको भए पनि सम्बन्धित निकायले यसको मत्व बुझ्न नसक्दा सो क्षेत्र केवल वनको लागि मात्र परिचित भएको छ ।

पर्यटन विकासका लागि आवस्यक स्रोत साधन उपलब्ध भए पनि सो क्षेत्रमा उचित चर्चा पुर्याउन नसक्दा ओझेलमा परेको देखिएको छ ।

Loading...