नयाँ वर्षसँगै चितवनमा बढे पर्यटक

चितवन । नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नया वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् ।

नयाँ वर्ष शुरु हुनु तीन दिन अघिदेखि नै सौराहामा पर्यटक भरिएका थिए ।नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहा हो । विगतमा यहाँ करीब एक लाख ५० हजार पर्यटक आँउथे ।

यस वर्ष एक लाख ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको र यसका लागि व्यवसायी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेको भनाइ छ । शान्ति, सु–व्यवस्था, स्थिरता र मुग्लिन सडकमा विगतभन्दा सास्ती कम भएकाले पनि विभिन्न जिल्लाबाट सौराहा घुम्न पर्यटक आउन थालेका छन् ।

यसपटक नेपाली नया वर्षमा विदेशी पर्यटक ३० प्रतिशत आएका थिए भने अरु सबै आन्तरिक पर्यटकले भरिएका थिए । रेष्टुराँ एण्ड बार एशोसिएसन नेपाल रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी यसपटक विगतभन्दा बढी पर्यटक सौराहा भित्रिएकाले नया वर्ष पर्यटन व्यवसायीका लागि सुखद हुने बताउँछन् ।

सौराहामा सुविधायुक्त होटल ११० वटा छन् । अन्य साना होटल पनि सञ्चालनमा छन् । ठूला होटलको क्षमता दैनिक करिब तीन हजार पर्यटक अट्ने छ । दैनिक पाच हजारसम्म पर्यटक राख्न सकिन्छ,” गिरीले भने ।सौराहामा आउने पर्यटक हात्ती सफारी, जिप सफारी र डुङ्गा सफारी गर्छन् । थारु संस्कृतिमा पर्यटक रमाउछन् । उनीहरु चितवन निकुञ्जमा गैंँडा, चित्तल, हात्ती, जरायो, बाघ, गौरीगाई, भालुलगायत वन्यजन्तु अवलोकन गरेर रमाउछन् ।

Loading...