उपभोक्तालाई जीवन उपयोगी सिप सिकाउँदै सिसवार उपभोक्ता समिति

नवलपुर । दैनिक जिवनमा आइ पर्ने आर्थिक समस्यालाई समाधान गर्ने उद्देश्यले सिसवार उपभोक्ता समिति देवचुलि नगरपालीकाको आयोजनामा गुडिया तथा भेटनरी तालिमको सोमवार उद्घाटन गरिएको छ ।

खालि समयमा वसिर रहेका महिला तथा पुरुषहरुलाई दुई चरण गरि तालिम प्रदान गरिने आयोजकले जनाएको छ । पहिलो चरण अन्तरगत महिलाहरुको लागि गुढिया बनाउने तालिम तथा पुरुषहरुका लागि भेटनरी तालिम प्रदान गरिने कार्यक्रमका अध्यक्ष एवम सिसवार उपभोक्ता समितिका उपाध्यक्ष नेत्रबहादुर पाण्डेले जानकारी गराउनुभयो ।

सोमवार र मंगलवार २ दिन सम्म हुने तालिममा महिलाको लागि गुढिया बनाउने तालिम सितादेवी पुरीले दिनुहुने छ भने भेटनरी तालिम भने सत्यनारायण खनालले दिनुहुने छ ।

Loading...