९ गते नै एकता गर्ने एमाले निर्णय

काठमाडौँ । एमाले स्थायी समितिको बैठकले पार्टी एकता ९ बैशाखमा नै टुङ्ग्याउने गरी पहल गर्ने निर्णय गरेको छ। सोमबार अपरान्ह बसेको एमाले स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

एमाले सचिव बिष्णु पौडेलका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि भएका पहलबारे स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका थिए।

‘एकता प्रयास सकरात्मक नै भएको जानकारी उहाँले गराउनु भयो’उनले भने, ‘त्यसैले ९ बैशाखमा नै एकता गर्ने निर्णय गरिएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठकले एकतालाई टुङ्गोमा पुर्‍याउन अध्यक्ष ओलीलाई म्याण्डेट दिएको छ।

बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विहान भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

Loading...