व्यवहारिक शिक्षा दिँदै सत्यम स्कुल

चितवन । चितवनमा नै पहिलो पटक भरतपुरको सत्यम स्कुलले व्यवहारिक शिक्षामा पढाई सुरु गर्न लागेको छ । यसै शैक्षिक सत्र २०७५ देखि पढाई सुरु गर्ने गरि कक्षा १ देखि नै विद्यार्थी भर्ना सुरु गरिएको विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

एउटा कक्षामा २५ जना विद्यार्थी राख्ने गरि अध्यापन सुरु गराउन लागेको विद्यालयले कक्षा पाचसम्म ग्रेड टिचिङ प्रणालीबाट पढाउने र कक्षा ६ देखि माथीको विषयगत शिक्षणका कोठाहरु हुने जनाएको छ ।

सैद्धान्तिक भन्दा व्यवहारिक कक्षालाई जोड दिदै पाठ्यक्रम विकास केन्द्रको परिधिमा रहेर विद्यालय आफैले पाठ्यक्रम बनाएको विद्यालयका अध्यक्ष अजिव पौडेलले बताए । विद्यार्थीहरु घरबाट विद्यालय जँदा कुनै पनि शैक्षिक सामग्री लिएर जानु नपर्ने र अध्ययनका सबै सामग्री विद्यालयमा उपलब्ध गराउने पौडेलको भनाइ थियो ।

विद्यार्थीहरुको प्रगतिको बारेमा अभिभावकले घरमा नै बसेर सबै जानकारी लिन सक्ने गरि अध्यापन गराउन लागेको सत्यम स्कुलमा कक्षा १ मा भर्ना गर्ने विद्यार्थीले एक लाख ३० हजार रुपैयाँ भर्ना शुल्क र २० हजार रुपैयाँ मासिक शुल्क बुझाउनुपर्ने विद्यालयका प्रिन्सिपल हिमलाल घिमिरेले बताए ।

Loading...