सप्तगण्डकी क्याम्पसमा तालाबन्दी

चितवन । नेपाल बिद्यार्थी संघ सप्तगण्डकी बहुमुखि क्याम्पसले प्रशासनले आँफुखुसि निर्णय गरेको भन्दै क्याम्पुस प्रशासन शाखामा तालाबन्दि गरेको छ । क्याम्पस प्रशासनले आफुहरुको मागलाई सम्बोधन नगरेको भन्दै नेबिसंघ ईकाई समितिले क्याम्पस प्रशासनमा ताला लगाएको हो । प्रशासन मनोमानि ढङ्गले अगाडि वढेको भन्दै नेबिसंघले पहिलो चरणको आन्दोलन अन्तरर्गत क्याम्पसको प्रशासनमा तालावन्दि गरेको हो ।

ईकाई सभापति राजेश भूषाल द्धारा जारी बिज्ञप्तिमा बिद्यार्थीहरुको जायज मागलाई सम्बोधन गर्नुको सट्टा आफ्नो मनोमानि तरीकाले अगाडि वढ्न खोजेको उल्लेख गरिएको छ । बिज्ञप्तिमा भनिएको र्छ क्याम्पस प्रशासन बिद्यार्थिको हित विपरित चलेका कारण प्रशासनमा ताला लगाईएको हो ।’ सो बिज्ञप्तिमा स्थाई गर्नु पर्ने प्रध्यापकहरुलाई वडुवा गर्नु पर्ने प्रध्यापकहरुलाई स्थाई गरेको र शैक्षिक क्षेत्रमा क्याम्पस प्रशासनले राजनितिलाई महत्व दिएको उल्लेख छ ।

आँफुहरुको मागलाई सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने नेबिसंघले चेतावनी दिएको छ । नेबिसंघ ले बिगत ३ महिना अघि राखेको ३१ बुद्धे माग लाई अझै क्याम्पस प्रशासनले बेबास्ता गरेको भन्दै भूषाल द्धारा जारी बिज्ञप्तिमा आँफुहरुको मागलाई सम्बोधन नभए क्याम्पस बन्द सम्मका आन्दोलन गर्ने चेतावनी दिईएको छ ।

Loading...