बक्स अफिस लागनु गर्न हलवालाहरुको आलटाल, सरकार कडारुपमा अघि बढ्ने

काठमाडौँ । बैशाख पहिलो साता देखिनै बक्स अफिस इ टिकेटिङ सिष्टम लागु गर्न तयार देखिएका हलवालाहरु नै अहिले बिरोधमा देखिएका छन् ।

नेपाल सरकारलो चलचित्र क्षेत्रको विकासका निमित्त सिनेमा हलहरुमा आर्थिक पारदर्शिता आवश्यक देखेर बक्स अफिस प्रणालीलाई मूर्तरुप दिने अन्तिम तयारीमा छ । सुचना तथा संचार मन्त्रालय मातहतमा रहेको नेपाल चलचित्र विकास बोर्डले हलवाला तथा निर्माताहरुसंग पटक पटक मौखिक र लिखित सल्लाह गरी सकेको छ ।

हरेक पटकको मौखिक तथा लिखित सल्लाहमा कर्मचारी कर्मचारीले गर्न सक्ने अनियमीततामा समेत बक्स अफिस लागू भए पछि नियन्त्रण आउने भन्दै सरकारलाई बक्स अफिस लागू गर्न सल्लाह दिंदै आएका थिए ।

तर यतिबेला चलचित्र विकास बोर्डले तिन तिन पटक अफिसियल ररुपमा पत्राचार गरी सक्दा पनि केही हलवालाहररु बक्स अफिस लागू गर्न आनाकानी गरीरहेका छन् । मौखिक ररुपमा हुन्छ भन्ने हलवालाहररु किन यसरी सुस्त देखीए यस्ले बिभीन्न किसीमका आशंकाहररु जन्माएका छन् ।

आउँदो श्राबण एक गते सम्ममा सम्पुर्ण चलचित्रघरहररुमा पुर्णररुपमा बक्स अफिस लागू गर्ने सरकारको योजना छ । यसै योजना अन्र्तगत बोर्डले तिन तिन पटक हलवालाहर चिठ्ठी पठाएको हो ।

बोर्डले अफिसीयलरूपमा पठाएको चिठ्ठी बुझीसकेका हलवालाहरू मध्ये केही हलवालाहररु यतिबेला चिठ्ठीलाई नै नजरअन्दाज गरेर बसीराखेका छन् ।

बोर्डले चलचित्र घरहरुलाई पत्राचार गरेको पत्रमा २०७४ चैत्र मसान्त भित्र ई टिकेटिङ जडान नभएका चलचित्रघरहररुले अनिवार्य ररुपमा बक्स अफिस म्यानेजमेन्ट सिस्टम जडान गर्नका लागी आवश्यक पर्ने हार्डवेरका सामान तथा ईन्टरनेट सेवा जडान गरी सक्नु पर्ने भनि स्पष्टै लेखेको छ ।

तर हाल सम्म पनि कतिपय चलचित्रघरहररुले बक्स अफिसका लागी चाहीने हार्डवेरका सामान तथा ईन्टरनेट सेवा जडानै नगरी त्यसै बसीरहेका छन् । त्यतीमात्र नभई ई टिकेटिङ प्रणाली बाट टिकेट बिक्री बितरण गर्दै आईरहेका मल्टीफ्लेक्स चलचित्र घरहररुलाई समेत बोर्डले २०७४ चैत्र १५ गते भित्र केन्द्रिय सर्भर सँग ई टिकेटीङ सम्बन्धी सफ्टवेयर लिंक गर्ने एपिआई एड्रेस दिनु भनि पत्र लेखेकोमा हाल सम्म पनि केही मल्टिफ्लेक्स चलचित्रघरहरुले एपिआई एड्रेस दिन अटेर गरिरहेका छन्।

बिगत लामो समय देखीको अथक प्रयास पछि बोर्डले चलचित्र सम्बन्धी कारोबारलाई व्यवस्थीत र पारदर्शी बनाउन संसारमा चलन चल्तीमा रहेको बक्स अफिस प्रणालीलाई लागू गर्न खोज्दा केही चलचित्रघरहररु बाटै यस्तो ब्यबहार हुनुले त्यस्ता हलवालाहररुलाई शंकाको दृष्टीकोणले हेर्न थालीएको छ ।

यत्तीका समय सम्म नेपालमा चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कस्का कारणले लागू हुन सकेन भनि प्रश्न गर्दा यस्को सहज उत्तर आउने सम्भावा बढ्दै गैरहेको छ । बक्स अफिस लागू गर्न अवरोध गर्ने जो कसैका बिररुद्ध सरकार अब कडाईका साथ अघि बढने योजना मा छ ।

अर्थ मन्त्रालयका एक अधिकारीले भने “अब सरकार चुपलागेर बस्दैन, अटेर गर्ने चलचित्रघरहररुलाई अब कारवाही हुन्छ । वोर्ड कि अध्यक्ष निकीता पौडेलले भनिन् “ सबै कुराहररु स्पष्टनै देखीएको छ, बक्स अफिस लागु हुन्छ हुन्छ, यो नेपाल सरकारको निर्णय हो, वोर्ड ब्याक हुन सक्दैन, नमान्नेहररु कानुनी कारवाहीमा पर्नेछन् ।

बिभिन्न बाहानामा केही हलवालाहररुले बक्स अफीस प्रणाली कार्यान्वयन गर्न जती नै आलटाल गरे पनि कार्यान्वयन प्रक्रियामा अवरोध गर्ने जो कसैलाई सरकार भने कानुन बमोजीम कारवाही गर्ने मुडमा देखीन्छ ।

Loading...