सरकारी छाप किर्ते गर्ने पक्राउ

चितवन । सरकारी छाप दस्तखत कीर्ते गर्ने एक यूवक पकाउ परेका छन् । यातायात व्यावस्था सेवा कार्यालय भरतपुर चितवनका प्रमुखको दस्तखत कीर्ते गर्ने खैरहनी नगरपालिका ११ कठारमा २२ बर्षिय राम कुमार गुरुङलाई पक्राउ गरिएको हो ।

गुरुङले बैशाख २ गते यातायात व्यावस्था कार्याल चितवनमा ना ३४ प ५५६१ नम्बरको मोटरसाईकलको आथिर्क बर्ष २०७३÷०७४ को कर तिर्ने बेलामा कार्यालय प्रमुखको सहि किर्ते गरि नक्कली छाप बनाई छाप लगाई कर छलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अभियुक्त गुरुङलाई सरकारी छाप दस्तखत कीर्ते मुद्धामा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यायल चितवनका प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिनु भयो ।

Loading...