दोधारमा प्रधानमन्त्री, चीन जानेकी मोदीलार्इ स्वागत गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको चर्चा चलिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा सुरू भएको छ । भारतको तीनदिने राजकीय भ्रमणलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङ पठाएर चीन भ्रमणको तयारी थालेका प्रधानमन्त्री अोली यतिवेला भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रणम हुने भएपछि दोधारमा छन्।

का प्रधानमन्त्री केपी शर्मा ओली पहिला चीन भ्रमण गर्ने कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा स्वागत गर्ने दोधारमा छन् ।

ज्ञवालीको भ्रमणका क्रममा चीनले ओलीलाई स्वागत गर्न आतुर रहेको सन्देश दिएको छ भने कूटनीतिज्ञहरुले भारतीय समकक्षीलाई चीन भ्रमणअगावै काठमाडौंमा स्वागत गर्न सुझाएका छन् । यसले प्रधानमन्त्रीलाई निर्णय लिन थप कठिन बनाएको छ ।

स्रोतका अनुसार मोदी काठमाडौं ओर्लनुअघि नै प्रधानमन्त्री बेइजिङ पुगेर फर्कनेबारे आन्तरिक छलफल चलिरहे पनि निर्णय हुन बाँकी छ । भारतीयले उक्त चाहना कूटनीतिक माध्यमबाट व्यक्त गरिसकेको भए पनि त्यसको निर्णय भएको छैन ।

प्रधानमन्त्री भएपछि पहिला दिल्ली जाने परम्परालाई निरन्तरता दिएका ओलीलाई चीन भ्रमण तत्काल गर्न एक प्रकारको दबाव छ । परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्रीको उत्तर यात्राबारे लगातार छलफल भइरहे पनि कुन पहिला भन्ने टुंगो लाग्न सकेको छैन ।

Loading...