यी हुन २२ किलो सुन तस्करीकी प्रमुख नाइके

काठमाडौं । प्रहरीले २२ केजी सुन तस्करीका मुख्य नाइकेलार्इ पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोको टोलीले मंगलवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा चिनियाँ नागरिक जे झोङ रहेकी छिन्। उनी २२ किलो सुन तस्करिका प्रमुख नाइके भएको प्रहरीले दाबी गरेको छ।

अध्यागमन विभागको सहयोगमा उनलाई पक्राउ गरिएको व्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले जानकारी दिए ।

गत भदौमा प्रहरीले रसुवा हुँदै भारत तस्करी गर्न लागेको १५ केजी सुन सहित सात जनालाई पक्राउ गरेको थियो ।
सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौंका ३९ वर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षीय दीपककुमार शाहलाई पक्राउ गरेका थिए।

२२ केजी सुन रसुवाबाट ल्याए पनि प्रहरीले भने १५ केजी मात्र बरामद गरेको थियो। बाँकी सुन उनीहरुले भारत पठाइसकेका थिए।

Loading...