कोही कोहीले भन्दै छन् तानाशाही भयो, अझै तानाशाही बन्छुः प्रधानमन्त्री अोली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थप तानासह बन्ने बताएका छन्। सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

“सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं,”मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, प्रम ओलीले भने, “कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्यो’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन्। छिट्टै मेलम्चीको पानी आउँदैछ। आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ। काठमाडौँमा मेट्रो रेल बन्छ। कतिपय त्यत्तिकै आत्तिएका छन्। यस्ता कुतर्कको पछि नलाग्न सबैमा आग्रह गर्छु।”

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे।

‘काठमाडौँ–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्ने गरी काम अघि बढाइने पनि उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पुर्‍याएको भन्दै उनले उनीहरूको योगदानलाई राष्ट्रले भुल्न नहुँने बताए।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आकर्षक गन्तब्य बनाउनु पर्ने बताए ।

“बाटिका बनाएको ठाउँ पहिला काम नलाग्ने पाखो थियो” प्रधानमन्त्री ओलीले भने, “अहिले यति राम्रो पार्क भएको छ । नेपाललाई पनि यसैगरी सिंगारेर आकषर्क गन्तव्य बनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले मदन भण्डारी कुनै दल विशेषको नेता नभएर राष्ट्रकै नेता भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । खुला राजनीतिमा आएको तीन बर्ष भित्रै देशलाई नयाँ गतिमा हाँक्ने र समाजलाई नयाँ दिशामा हिड्न प्रेरित गर्ने नेताको रुपमा भण्डारीले पहिचान बनाएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश बनाउने संकल्पमा प्रतिवद्ध भएको बताए ।

प्रधानमन्त्री ओलीले बाटिकामा निर्माण गरिएको मदन भण्डारीको पूर्ण कदको सालिकको पनि अनावरण गरे ।

Loading...