के हो सिकलसेल? थारू बस्तीमा सिकलसेल परीक्षण गर्दै स्वास्थ्यकर्मी

काठमाडौँ । बर्दियाको थारू बस्तीमा सकलसेल यनिमियाको परीक्षणका लागि स्वास्थ्यकर्मी पुगेका छन्। उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन्।

घरमा मात्रै होइन् नजिकैको वडा कार्यलयमा स्वास्थ्य चाँजदेखि रगतका नमूना संकलन भइरहेको छ। थारु जातिमा मात्रै हुने रगत बन्ने प्रक्रियामा समस्य उत्पन्न हुने रोग सिकलसेलको नयाँ पुस्तामा हुने संक्रमण रोक्न सरकारले अभियान चलाएको छ।

बारबर्दिया क्षेत्रका थारू बस्तीमा जीवनभर उपचार दलदलमा पार्नेदेखि वर्षेनी सयौको ज्यान लिने सिकलसेल स्क्रिनिङ (जाँच) भइरहेको छ ।

रगत बन्ने प्रक्रिया ढिला भएर अनेक रोग निम्त्याउने सिकलसेलबाट नयाँ पुस्तालाई जोगाउँन सरकारले यस्तो कार्यक्रम चलाएको हो।

यसको संक्रमण सुरू भएपछि निको हुँदैन्। त्यसपछि यसको उपचारका लागि जीवनभर धाउनुपर्ने हुन्छ।

रोग लागिसकेपछि विशेष उपचार नहुँने र बारम्बार विरामी भइराख्ने भएकोले आजिवन उपचार गराउँदाको आर्थिक बोझले थारुहरु रोगले जस्तै थलापरेका छन्।

गाउँमा यस्तो रोगले पीडित भएको यी दुई परिवार मात्रै होइन्। मगरगठ्ठीकै भग्गी थारुका परिवारका तीन जनाको ज्यान सिकलसेलकै कारण गइसक्यो। अहिले अन्य सदस्यपनि रोगसँगै लडिरहेका छन्। बर्दिया, बाँके, दाङ, कैलालीजस्ता धेरै जिल्लाका थारुहरुमा यो संक्रमण देखिएको छ।

करिव ७५ हजार जनसंख्या रहेको बारबर्दियामा मात्रै ७० प्रतिशत थारु छन्। बर्दियामा मात्रै प्रत्येक वर्ष २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा सिकलसेल प्रमाणित हुने गरेका छन्।

भेरी अञ्चल अस्पतालबाट निःशूल्क उपचारका लागि ५ सयभन्दा बढिले परिचयपत्र पाइसकेका छन्। सरकारले तीन वर्षदेखि सिकलसेलको उपचार निःशुल्क गर्दै अाएको छ।

बारबार्दिया नगरपालिकाको बनियाभार, धाधबार क्षेत्रका १,२,३,८,९,१०,११ वडाका १ देखि २९ वर्षभित्रका २० हजार बालबालिका र युवामा सिकलसेलको जाँच हुँदैछ।

लागेपछि निको नहुने रोग रोगबाट बच्ने तरीका जेनिटिक विधि मात्रै हो। केटा र केटी दुबै सिकलसेल भएमा जन्मिने बच्चामा समेत सिकलसेल हुने अधिक संभावना हुन्छ। त्यस्तो अवस्थामा उनीहरूलार्इ विवाह नगर्नु नै उपर्युक्त हुन्छ। सरकारले पनि यस्तै योजना ल्याउँदै छ।

के हो सिकलसेल ?
सिकलसेल एनिमिया जीनमा निहित हुने रोग हो, जुन जन्मसँगै आउँछ। यो रोगले शरीरमा रगत बनाउँने रातो रक्त कोषिकाको संख्या घटाउँदै लान्छ। नेपालका थारु समुदायबाहेक अफ्रिका र इन्डियान कन्टिनेटका केही देशका आदिवासीहरुमा छ। संसारभर २५ मिलियान मानिस यो रोगबाट पीडित भएको अनुमान छ।

शरीरमा सेतो रक्तकोषको आकार गोलो (सेलरोटीजस्तै) र लचकदार हुन्छ। जुन रक्तनलीबाट सहजै प्रवाहित हुन्छ। सिकलसेल भएका व्यक्तिमा राता रक्तकोष कडा र अन्य आकारका बन्छन्। जसले गर्दा रक्तनलीबाट सहजै प्रवेश गर्न सक्दैन्।

रातो रक्तकोषमा हेमोग्लोविन हुन्छ, त्यही हेमोग्लोविनले कोषिकाहरुमा अक्सिजन, न्युट्रिसन पदार्थ पु-याउँछ तर तन्तुहरुलाई बचाई राख्छ । सिकलसेल भएपनि रगतको आकार र अवस्थाका कारण अक्सिजन र पोषक तत्वहरु नपुगेपछि लक्षणहरु देखापर्न थाल्छन्। चिकित्सकहरुका अनुसार रातो रक्तकोषको औसत आयु १ सय २० दिन हुन्छ, सिकलसेल संक्रमितमा रातो रक्तकोषको आयु १० देखि २० दिनमात्रै हुन्छ। सो कारण रगतको कमी भएर विभिन्न खालका समस्या आइराख्छ।

विभिन्न अध्ययानले फास्सिफेरम मलेरिया हुने ठाउँमा मलेरियाबाट बच्न शरीरले अस्वाभाविक रातो सेल उत्पादन गर्दा सिकलसेल हुन्छ। सिकलसेल भएको मान्छेलाई मलेरिया देखिन्न। एक पटक शरीरमा यो प्रणाली (डिअडर) विकास भएपछि १ देखि ५० वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखापर्नसक्छ।

सिकलसेलले राता रक्तकोष घटेर नयाँ उत्पादनसमेत प्रभावित भई तन्तुहरुमा पोषण र अक्सिजन पुग्न छाडेपछि शरीर, छात्ति दुख्ने, रगत कमि भएर पहेलो हुने, बारम्बार जन्डिस देखिने, जोर्नी सुन्निने दुख्ने जस्ता लक्षण देखिन थाल्छन्। कतिपय अवस्थामा पेट फुल्लिने र प्यारालाइसिस हुने र ज्वरोआउँनेसमेत हुन्छ। लक्षण देखिनासाथ अस्पताल लागु भर्ना गर्नुपर्ने हुन्छ। जसका कारण बारम्बार उपचार चाहिन्छ र विरामीको काम गर्ने क्षमता घट्ने र उपचारमा पनि खर्च बढ्दा रोगले ठूलो भार थप्छ।

सिकलसेलले रोगप्रतिरोधात्मक क्षमता कम गराउँने भएकोले संक्रमितलाई बारम्बार निमोनिया, ज्वरो, रुघाखोकी पनि बढी हुन्छ। यसले मानसिक र शारीरिक विकास कम हुने, कम सुन्ने समस्यासमेत देखिन्छ। छात्ति, फोक्सो रगतका नली बढी खुम्चिने भएकोले पल्मोचरी हाइपोटेन्सन भएर दीर्घकालिन रुपमा मुटुको समस्य भएर फेल गराउँने पनि समस्यासमेत निम्त्याउँने चिकित्सकहरु बताउँछन्। बारम्बार रगत चढाइरहनुपर्ने भएकोले कलेजोका रोगसमेत देखिने संभावना अधिक हुन्छ।

Loading...